स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक पोखरेलले दिए राजीनामा

काठमाडौं, १७ असार । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले राजिनामा दिएका छन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उनले पदबाट राजिनामा दिएको पत्र बुझाएका हुन् । राजिनामा पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्री, राज्यमन्त्री लगायतलाई बोधार्थ गरिएको छ ।
खुल्ला प्रतिस्पर्धामार्फत् छनौट भएका पोखरेललाई लोक सेवा आयोगको सिफासिमा सरकारले २०७५ मंसिर २३ मा नियुक्त गरेको थियो । तर, चार वर्षको कार्यकाल नसकिँदै उनले नियतवस आफूलाई हटाउन खोजेपछि राजीनामा दिएको हाम्रो डाक्टर न्यूजलाई बताएका छन् ।
पोखरेलले भने, ‘केही समय अगाडी स्वास्थ्य मन्त्रालयले जिम्मेवारीपूर्वक काम गर्न नसकेको भन्दै मसहित अन्य कर्मचारीलाई स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टिकरणको कारण चित्तबुझ्दो भने थिएन ।’