नेपालमा थप एक जनाको कोरोना भाइरस संक्रमणका मृत्यु, संख्या ३० पुग्यो

काठमाडौं, १७ असार । नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षका एक जना पुरुषको असार १४ गते उपचारको क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । मृत्यु लगतै स्वाब संकलन गरेर जाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।