नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १४ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, १७ असार । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १४ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी नियमित जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ४ सय ८२ जना नयाँ संक्रमित थपिएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १४ हजार ४६ पुगेको बताए ।

यस्तै हालसम्म नेपालमा ४ हजार ६ सय ५६ जनाले कोरोना संक्रमणलाई जितेको उनले बताए ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा  जनाहालसम्म नेपालमा कोरोना संक्रमित भएकामध्ये एक हजार जनाको विवरण आउन बाँकी रहेको भन्दै त्यसमा महिला र पुरुषको संख्या पुष्टि हुन बाँकी रहेको बताए  ।

उनले कोरोना महामारीको उपचारमा खटिएकाहरुलाई प्रोत्साहन भत्ता र बीमाको व्यवस्था सरकारले गरेको जानकारी पनि गराए ।

Last modified on 2020-07-01 16:34:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts