प्रदेश २ का थप ५७ जनामा कोरोना पुष्टि

धनुषा, १७ असार । प्रदेश २ मा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरमा एक सय ६५ वटा नमूना परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस पुुष्टि भएको हो ।
प्रयोगशालाका प्रमुख डा. रामविनय साहका अनुसार संक्रमितहरु महोत्तरी एकडारा गाउँपालिका र सम्सी गाउँपालिकाका ३६ जना र धनुषा सबैला मिथिला नगरपालिका र ठेगाना नखुलेको गरि २१ जना छन् । संक्रमितहरु एकदेखि ४६ वर्ष उमेर समूहका छन् ।