एनएमएद्वारा मन्त्रीपरिषदको निर्णयसहितको फ्लेक्स अस्पतालहरुमा वितरण

काठमाडौं, १७ असार । नेपाल चिकित्सक संघले विभिन्न अस्पतालमा सुरक्षा सम्बन्धी फ्लेक्स वितरण गरेको छ ।
कोभिड १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीलाई बाधा विरोध गर्ने व्यक्तिलाई डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा विरोध गर्नेलाई हुने सरहको प्रचलति कानून बमोजिमको कारबाही गर्ने लेखिएको फलेक्स संघले विभिन्न अस्पतालमा वितरण गरेको हो ।
मन्त्रीपरिषदको चैत्र २२ गतेको बैठकले सो निर्णय गरे अनुसारको फ्लेक्स वितरण गरिएको संघका सदस्य लिजन महर्जनले बताए ।
संघका अर्का सदस्य डा उत्सव तिमिल्सिनाले उपत्यकाका विभिन्न अस्पतालहरुमा मन्त्रीपरिषदको निर्णय सहितको फ्लेक्स वितरण गरिएको भन्दै नेपालमा पछिल्लो समय कोरोना महामारीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि विभिन्न पक्षबाट हातपाथ, कुटपिट भएको घटना बढ्दै गएपछि संघले मन्त्रीपरिषदको निर्णयसहितको फ्लेक्स वितरण गरेको बताए ।