सार्क मुलुकहरुमध्ये नेपालमा पिसिआर परीक्षण बढी भएको स्वास्थ्य मन्त्रालयको दावी

थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, १६ असार । नेपालमा थप ३ सय १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड १९ सम्बन्धी जानकारीको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न २२ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १३ हजार ५ सय ६४ पुगेको बताए ।

संक्रमितमध्ये एक हजार ६ सय ५७ जना महिला र ११ हजार ९ सय ७ जना पुरुषहरु रहेका छन् ।  

उनले पछिल्लो २४ घन्टामा ६० जना कोरोना संक्रमित निको भएको भन्दै हालसम्म ३ हजार १ सय ९४ जना कोरोना संक्रमित स्वस्थ भएको जानकारी गराए ।

यस्तै प्रवक्ता डा गौतमले सार्क मुलुकहरुमा भारत, अफगानिस्तान, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तानको भन्दा नेपालमा पिसिआर परीक्षण बढी रहेको दावी गरे । 

उनले दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान, बंगलादेशको भन्दा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्यामा पनि नेपालमा निकै कम रहेको बताए ।

Last modified on 2020-06-30 16:40:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts