स्टार बन्यो पिसिआर जाँच्ने पहिलाे निजी अस्पताल, आफै स्वाब संकलन गर्न भने नपाउने



Download our app to get more features

काठमाडौं, १५ असार । सानेपास्थित स्टार हस्पिटलले पिसिआर परीक्षणका लागि अनुमति पाएको छ । 

निजी हस्पिटलले पनि पिसिआर जाँच गर्न पाउनेमा स्टार हस्पिटल पहिलो निजी हस्पिटल बनेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिना अघि गरेको निर्णय अनुसार २० दिनअघि निजी हस्पिटललाई पिसिआर जाँच गर्नका लागि सूचना जारी गरेको थियो । सोही सूचनाको आधारमा स्टार हस्पिटलले आवेदन दिएको र आइतवार अनुमपति पाएको स्टार हस्पिटल पिसिआर ल्याबका प्रमुख गोविन्द अ‍ेकलाले हाम्रो डाक्टर न्यूजलाई बताए ।

उनका अनुसार २० दिनअघि मन्त्रालयले मागेको सूचना अनुसार स्टार हस्पिटलले आवेदन दिएको र सोही अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले हस्पिटलको ल्याब अनुमगन गरि मेसिनहरु उपलब्ध गराएपछि अनुमति पाएको हो ।

अकेलाले पिसिआर जाँच गर्नका लागि सरकारले अनुमति दिएपनि सरकारको निर्देशिका अनुसार स्वाब संकलन भने गर्न नपाउने बतँए । उनले सरकारले पिसिआर परीक्षणको दायरा बढाउन अनुमति दिएको र सरकारले नै संकलन गरेको स्वाबको परीक्षण गर्ने भन्दै स्वाबको नमूना र कोरोना परीक्षणको नतिजा दैनिक रुपमा टेकु पठाइते बताए । 

Last modified on 2020-06-29 22:38:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts