नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १३ हजार नाघ्यो

काठमाडौं, १५ असार । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १३ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ७६ जना थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १३ हजार नाघेको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ सय १३ जना थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १३ हजार २ सय ४८ पुगेको बताए ।
प्रवक्ता डा गौतमले पछिल्लो २४ घन्टामा नेपालमा १३ महिला र १ सय ८ पुरुष गरि १ सय २१ जना कोरोना संक्रमित स्वस्थ भएसँगै हालसम्म नेपालमा ३ हजार १ सय ३४ जना स्वस्थ भएको जानकारी गराए ।
Last modified on 2020-06-29 16:24:25