चितवनमा गरिएको परीक्षणमा चार जिल्लाका २९ जनामा कोरोना पुष्टि

चितवन, १५ असार । चितवनमा गरिएको परीक्षणमा चार जिल्लाका २९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवनको खैरहनी नगरपालिका २ र ३ वडाका ३२ र २७ वर्षीया महिला, भरतपुर महानगरपालिका १५ र १६ वडाका २१ र २३ वर्षीय पुरुष, अर्घाखाँची जिल्लाका ११ पुरुष, पाल्पाका १६ देखि ५५ वर्ष उमेर समूहका १३ पुरुष र कैलाली गोदावरी नगरपालिकाका ३५ वर्षीय एक पुरुषसहित २९ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।
आइतवार प्रयोगशालामा पाँच सय ३५ वटा नमूना परीक्षण गरिएकोमा २९ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । बाँकी अन्य ५ सय ६ वटा रिपोर्ट भने नेगेटिभ आएको बताईएको छ । उनीहरूको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको हो ।
Last modified on 2020-06-29 15:54:25
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।