इन्द्र अन्नपूर्ण योग केन्द्रद्वारा रक्तदान कार्यक्रम आयोजना 



Download our app to get more features

काठमाडौं, १४ असार । इन्द्र अन्नपूर्ण योग केन्द्रको आयोजनामा लाइन्स इन्टरनेस्नल क्लबको संलग्नतामा ओम समाज डेन्टल हस्पिटल तथा ग्रान्डी हस्पिटलको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । महामारीको बेलामा पनि सेवा भाव देखाएर रक्तदानमा सहभागी हुनेहरुको लायन्स केशव पाण्डेले  प्रशंसा गरे । उनले सो क्रममा मुख स्वास्थको महत्वमा बारे पनि जानकारी गराए ।

कार्यक्रममा पूर्व डिष्ट्रक गभर्नरहरु, लायन्स शम्भु घिमिरे, लायन्स रुद्र हरि ज्ञवाली, लायन्स बिष्णु बज्राचार्य, कलाकार संजय खतिवडा र अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीको उपस्थिति थियो । कार्यक्रमको सभापतित्व योग केन्द्रका अधक्ष्य डा. सुभासकुमार घिमिरेले गरेका थिए । डा. घिमिरेले योगलाई लायन्ससँग जोडेर संसार योगमय स्वस्थमय बनाउनेमा जोड दिए । साथै सो क्रममा उनले दाँत सबल व्यक्तिको जीवन सफल भन्ने नारालाई सफल पार्न आग्रह गरे । रक्त दान गर्ने व्यक्तिहरुलाई धन्यबाद दिदै लायन्स केशव पाण्डेले प्रसंसापत्र प्रदान गरे । 

कार्यक्रममा डा. सुभास घिमिरेको अधक्ष्यतामा नयाँ लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योग केन्द्र घोषणा भएको छ ।  सो कमिटीमा दिपक महर्जन ,कृष्ण घिमिरे, विश्वभर मैनाली, साधुराम पौडेल, इन्द्रबहादुर न्यौपाने लगायत २६ जना छन् । कार्यक्रममा ओम समाज डेन्टल, मेदी पोइन्टको प्राविधिक सहयोगमा १५० जनाको निस्शुल्क सुगर तथा प्रेसरको चेक जाँच गरिएको थियो र  

Last modified on 2020-06-28 15:34:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts