डडेल्धुरा अस्पताललाई कोरोना परीक्षणको अनुमति



Download our app to get more features

धनगढी, १३ असार । सरकारले डडेल्धुरा अस्पताललाई कोरोना परीक्षणको अनुमति दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई कोरोना परीक्षणको अनुमती दिएको हो ।

सुदूरपश्चिममा धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा मात्र पिसिआर विधिबाट कोरोना परीक्षण भइरहेका बेला सरकारले अनुमती दिएको हो । डडेल्धुरा अस्पताललाई ह्युम्यानीटी फाउण्डेसनले कोरोना परीक्षणका लागि पिसिआर मेसिन हस्तान्तरण गरेको छ ।

अस्पतालका अध्यक्ष करुणाकरण ओझाले अहिले मेसिन जडानको काम भईरहेको जानकारी दिए । उनले मेसिन जडान सकिएपछि छिट्टै कोरोना परीक्षणको काम थालिने बताए ।

सुदूरपश्चिममा एउटा मात्र प्रयोगशाला हुँदा संकलित नमूना परीक्षणमा ढिलाई हुँदै आएको थियो । डडेल्धुरामा प्रयोगशाला सञ्चालन भए सहजता हुने अपेक्षा गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts