पछिल्लो २४ घण्टामा थपिए ५९३ कोरोना संक्रमित

काठमाठौं, १२ असार । पछिल्लो २४ घण्टामा नेपालका पाँच सय ९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित कोरोना ब्रिफिङमा मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।
ब्रिफिङमा डा. गौतमले पछिल्लो २४ घण्टामा देशभरबाट कुल ४८ जना कोरोना संक्रमित कोरोनामुक्त भइ घर फर्किएको पनि बताए । आजसम्म देशभरबाट कुल दुई हजार ६ सय ९८ जना कोरोनामुक्त भएको पनि उनले सो क्रममा जानकारी दिए । डा. गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या कुल ११ हजार सात सय ५५ पुगेको छ भने रसुवा बाहेक ७६ वटै जिल्लामा संक्रमण फैलिएको छ ।
ब्रिफिङका क्रममा उनले देशभर रहेका कोरोना परीक्षण प्रयोगशालाबाट ६ हजार पाँच सय ३४ नमूनाको पिसिआर परीक्षण र दुई हजार चार सय ८६ जनाको आरडिटि परीक्षण गरेको पनि जानकारी दिए ।