नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघ्यो, २६ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, ११ असार । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ११ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी नियमित जानकारी दिने क्रममा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय  ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ४ सय ३४ जना थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ११ हजार एक सय ६२ पुगेको बताए ।

यस्तै प्रवक्ता डा गौतमले पछिल्लो २४ घन्टामा ३ सय १२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमित भएकामध्ये स्वस्थ हुनेको संख्या २ हजार ६ सय ५० पुगेको पनि उनले बताए ।

नेपालका एक जिल्ला रसुवा बाहेक सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ ।

यस्तै पाटन अस्पताल ललितपुरमा एक जना र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना गरि २ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या २६ पुगेकाे छ ।

Last modified on 2020-06-25 17:14:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts