कञ्चनपुरमा पिसिआर मेसिन जडानका लागि खरिद प्रक्रिया सुरु



Download our app to get more features

कञ्चनपुर, ११ असार । कञ्चनपुरमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि पिसिआर मेसिन खरिद प्रक्रिया सुरु गरिएको छ ।

जिल्लाको भीमदत्त नगरपालिकाले सुदूरपश्चिम प्रदेशभर एकमात्रै पिसिआर मेसिन भएका कारण परीक्षणमा ढिलाइ भएको भन्दै कोभिड –१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी निर्देशिका एवम् समन्वय समितिको गत जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको थियो । नगरपालिकाको उक्त निर्णय कार्यान्वयनमा गएको छ । गत सोमबार मेसिन खरिदका लागि नगरपालिकाले बोलपत्र आह्वान समेत गरीसकेको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । 

राष्ट्रियस्तरको पत्रिकामा सूचना सार्वजनिक गरी खरिद प्रक्रिया सुरु गरिएको उक्त बोलपत्रको लागत अनुमान ३५ लाख ४८ हजार पाँच सय रुपयाँ तय भएको छ । 

सुदूरपश्चिम प्रदेशमा हालसम्म धनगढीमा मात्रै पिसिआर मेसिन रहेको छ । यस्तै डडेल्धुराको डडेल्धुरा अस्पतालमा पठाइएको मेसिन जडानको काम सुरु गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts