नेपालमा थपिए ६ सय २९ जना नयाँ कोरोना संक्रमित



Download our app to get more features

काठमाडौं, १० असार । नेपालमा थप ६ सय २९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कोभिड १९ सम्बन्धी नियमित जानकारी दिने क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १० हजार ७ सय २८ पुगेको बताए ।

उनले हालसम्म संक्रमित भएकामध्ये २ हजार ३ सय ३८ जना स्वस्थ भएको पनि जानकारी गराए ।

Last modified on 2020-06-24 16:25:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts