सुदूरपश्चिममा थप दुई जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि

धनगढी, १० असार । सुदूरपश्चिममा थप दुई जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा कञ्चनपुरको बेदकोट नगरपालिकामा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।
यसअघि कञ्चनपुरको पुनर्वासका दुई र लालझाडीका एक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको थियो । यस्तै डडेल्धुरा अस्पताल र सेती अस्पतालमा कार्यरत स्टाफ नर्समा पनि कोरोना देखिएको थियो ।
बाजुरमा पनि ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो । संक्रमित स्वास्थ्यकर्मीको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ ।
Last modified on 2020-06-24 16:11:12