सेती अस्पतालमा डायलाइसिस गर्न नपाएर मृत्यु भएका पुरुषको कोरोना रिर्पोट नेगेटिभ



Download our app to get more features

धनगढी, १० असार । सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा मृत्यु भएका बैतडी मेलौली नगरपालिका–३ का ४७ बर्षीय पुरुषको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ। उनी डायलाइसिस गर्न अस्पताल आएका थिए । तर अस्पतालमा कोरोना परीक्षण नहुँदा डायलाइसिस अघि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । सोही क्रममा उनको मृत्यु भएको हो । 

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मृतक पुरुषको धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा रिर्पोट नेगेटिभ आएको पुष्टि गरे। स्वास्थ्यमा समस्या देखिएपछि सेती अस्पताल भर्ना गरिएका उनको डायलाइसिस गराउन चिकित्सकहरुले सुझाव दिएका थिए।
तर कोरोना परीक्षण नहुँदासम्म डायलासिस गर्न नमिल्ने भने पनि तीन दिनसम्म नमूना समेत संकलन भएको थिएन। उनको मंगलवार राति मृत्यु भएको थियो। मंगलवार साँझ मात्र उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएको थियो।

सेती अस्पतालमा डायलाइसिस वार्ड सञ्चालन गर्दै आएको बिरगं हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले भने डायलासिस गराउन पर्ने जानकारी मंगलवार मात्रै आएको दावी गरेका छन्। भारतबाट आएका व्यक्तिसंग पनि सम्पर्क भएको देखिएकाले पिसिआर जाँच गराउन भनेको उनले बताए । तर सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमरले भने अस्पतालमा ल्याएपछि सुरुवातदेखि नै डायलासिस गराउन आग्रह गरीएको बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts