सेती अस्पतालमा कोरोना परीक्षण नहुँदा डायलासिस गर्न नपाएका एक पुरुषको मृत्यु



Download our app to get more features

धनगढी, १० असार । सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा एक पुरुषको मृत्यु भएको छ । बैतडीको मेलौली नगरपालिका वडा नम्बर ३ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

‘सेती अस्पताल ल्याएपछि डायलासिस गराउनका चिकित्सकहरुले सुझाव दिएका थिए,’ मृतकका भतिजाले भने, ‘कोरोना परीक्षण नहुँदा सम्म डायलासिस गर्न नमिल्ने भनियो । तीन दिनसम्म कोरोना परीक्षण नै भएन् । मंगलवार राति मृत्यु भयो ।’ 

सेती प्रादेशिक अस्पतालका अनुसार मंगलवार साँझ भने कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएको थियो । सेती अस्पतालमा डायलासिस वार्ड सञ्चालन गर्दै आएको बिरगं हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले भने, ‘डायलासिस गराउन पर्ने जानकारी मंगलवार मात्रै आएको थियो ।

भारतबाट आएका व्यक्तिसंग पनि सम्पर्क भएको देखिएकाले पीसीआर जाँच गराउन भनेका हौ ।’ यता सेती प्रादेशिक अस्पतालका डाक्टर शेरवहादुर कमरले अस्पतालमा ल्याएपछि सुरुवातदेखि नै डायलासिस गराउन आग्रह गरीएको बताए । अस्पतालले विस्तृत जानकारी केही समयमा दिने जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts