पिसिआर रिर्पोट नेगेटिभ नआइ कोरोना संक्रमितलाई डिस्चार्ज नगर्न सर्वोच्च अदालतको आदेश



Download our app to get more features

काठमाडौं, ९ असार । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण पुष्टि भइ आइसोलेसनमा उपचाररत बिरामीलाई पिसिआर परीक्षण गरी कोरोनामुक्त भएको रिर्पोट नआएसम्म घर नपठाउन अन्तरिम आदेश दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० जेठ ०७७ मा जारी गरेको निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बसेका बिरामीलाई लक्षण नदेखिएको भन्दै घर पठाउन थालिएपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सोमबार (८ असार)  यस्तो आदेश दिएको हो । सन्तोष भण्डारीसहितका अधिवक्ताहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाइन रिट दायर गरेका थिए ।  

अदालतद्वारा जारी आदेशमा भनिएको छ, ‘आइसोलेसनमा रहेका बिरामीहरुको संख्या र सरकारको परीक्षण क्षमता हेर्दा आइसोलेसनमा रहेका बिरामीहरुको पुनः पिसिआर गर्न सकिदैन भन्ने नदेखिएको समेतबाट आइसोलेसनमा रहेका बिरामीहरुलाई निश्चित अवधिपछि बिना परीक्षण घर पठाउन सकिने भनि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७७÷२÷२० को निर्णयद्वारा जारी निर्देशिकाको दफा ६ हाल कार्यान्वयन नगरि आइसोलेसनमा रहेका बिरामीहरुलाई पिसिआर परीक्षण गरी रोगमुक्त भएपछि मात्र घर पठाउनू भनि नेपालको संविधानको धारा १३३ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षहरुको नाममा यो आन्तरिम आदेश जारी गरिएको छ ।’

यस्तो छ सर्वोच्च अदालतको आदेश

Last modified on 2020-06-23 14:31:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts