कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



Download our app to get more features

धनगढी, ८ असार । कैलालीमा एउटै पालिकामा थप ५८ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ र २ को क्वारेन्टिनमा राखेर घर पठाईएका ५८ जनामा कोरोना पुष्टि भएको हो ।

दुई सय ४२ जनामा आरडिटी पोजेटिभ आएकोमा ९३ जनाको जेठ २८ गते स्वाब संकलन गरीएको बताउँदै स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले ५८ जनामा कोरोना पुष्टि भएको बताईन् ।

प्रेस विज्ञप्ती जारी गर्दै उनले भनेकी छिन्, ‘उनीहरुलाई लम्की बहुमुखी क्याम्पस र राधास्वामी सतसँमा राखिएको थियो । तर नतिजा आउन ढिलाई भएपछि घर पठाईएको थियो ।’

विज्ञप्ती मार्फत स्वास्थ्य शाखाले संक्रमण पुष्टि भएका ५८ जना भारतबाट फर्किएको तीन हप्ता पुगिसकेको र उनीहरुमा कोरोनाको लक्षण पनि नदेखिएकोले जानकारी गराईएको छ । पेजेटिभ देखिएका संक्रमितलाई घरमै सुरक्षित बस्न समेत आग्रह गरीएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts