नेपालमा २ हजारभन्दा बढी कोरोना संक्रमित स्वस्थ, ५ सय ३५ नयाँ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, ८ असार । नेपालमा एकैदिन ५ सय ३५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो संख्यासँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९ हजार ५ सय ६१ पुगेको बताए ।

प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै ३ सय ७० जनाले कोरोनालाई जितेको बताए । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसका कारण संक्रमितभएका मध्ये २ हजार ४२ जना स्वस्थ भएको पनि उनले जानकारी गराए ।

नेपालका ७७ मध्ये ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ ।

Last modified on 2020-06-22 16:24:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts