नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो, मृत्यु हुनेको संख्या २३

काठमाडौं, ७ असार । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार थप ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९ हजार २६ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित मध्ये ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुषहरु रहेको बताए ।
यस्तै गुल्मीमा थप एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको र मृतकको संख्या २३ पुगेको उनले बताए ।
Last modified on 2020-06-21 16:29:55