डडेल्धुरामा पिसिआर मेसिन राख्न कर्मचारी यूनियनद्वारा ५१ हजार सहयोग

डडेल्धुरा, ७ असार । डडेल्धुरामा पिसिआर मेसिन स्थापनाका लागि डडेल्धुरा अस्पताल विकास समिति कर्मचारी यूनियनले ५१ हजार सहयोग गरेको छ। पिसिआर मेसिन स्थापना गर्न पहल गरेको ह्युमानिटी फाउण्डेसनलाई कर्मचारी युनियनका तर्फबाट यूनियनका अध्यक्ष रमेशप्रसाद भट्टले ह्युमानिटी फाउण्डेसनका डडेल्धुरा प्रतिनिधि बरुण पनेरुलाई ५१ हजार एक सय ५१ रुपैयाँको चेक आइतबार हस्तान्तरण गरेको गरेका हुन्।
डडेल्धुरा अस्पतालमा विकास समिति अन्तर्गत रहेका कर्मचारीहरुले आफ्नो मासिक तलबभत्ताको केही रकम हितकोषमा सञ्चित गरेर सामाजिक सेवामा सहयोग गर्दै आएको अस्पताल विकास समिति कर्मचारी यूनियनका सचिव प्रकाशचन्द्र बुढाऐरले जानकारी दिए।
Last modified on 2020-06-21 14:52:08