मुस्ताङका ८३ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि, गण्डकीमा थपिए ५० जना नयाँ संक्रमित

पोखरा, ६ असार । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जारी गरेको सूचना अनुसार गण्डकीको ४ जिल्लाका गरि ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मुस्ताङमा भने पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । उनी मुस्ताङको घरपझोङ गाउँपालिकाका बासिन्दा रहेको रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । संक्रमित वृद्धलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ
यस्तै नयाँ संक्रमितहरु तनहुँका २ जना, बागलुंका २९ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १८ जना रहेका छन् । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ८८ पुगेको छ ।
गण्डकी प्रदेशको ११ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ मुस्ताङमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालका ७५ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।