गण्डकीका सबै जिल्लामा कोरोना संक्रमण फैलियो, मुस्ताङमा पहिलो पटक एक जनामा संक्रमण पुष्टि



Download our app to get more features

पोखरा, ६ असार । गण्डकी प्रदेशको ११ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

मुस्ताङमा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

व्यक्तिलाई कोरोना पोजेटिभ देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ । प्रयोगशालाले सम्बन्धीत जिल्लालाई जानकारी गराएको बताएपनि जिल्लाले यसबारे सार्वजनिक गरेको छैन ।


संक्रमितको ट्राभल हिस्ट्री र अरु विवरणका बारेमा प्रदेश स्वास्थ्य निर्देशनालयले केहीबेरमा सूचना सार्वजनिक गर्ने तयारी गरेको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले बताए ।

मुस्ताङमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालका ७५ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts