वीर, शिक्षण र पाटन अस्पतालमा पैसा तिरेर पिसिआर गर्न पाइने, निजीले भने स्वाब संकलन गर्न नपाउने



Download our app to get more features

काठमाडौं, ६ असार । स्वास्थ्य प्रमाणपत्र आवश्यक भएका व्यक्तिले स्वतन्त्रपूर्वक सरकारी हव अस्पतालहरुमा पैसा तिरेर कोरोना परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा गएर पैसा तिरेर परीक्षण गर्न सक्नेगरि मापदण्डलाई अन्तिम रुप दिएको हो । 

निजी संस्थालाई पनि परीक्षण गर्न दिने निर्णय गरिएपनि उनीहरुले स्वतन्त्र रुपमा स्वाब संकलन गर्न भने नपाउने भएका छन् । मापदण्ड पूरा गरेको निजी प्रयोगशालाहरुलाई सरकारले संकलन गरेको स्वाब परीक्षण गर्न दिएर रकम तिर्ने मोडालिटी अपनाइएको छ । विदेश जानुपर्ने तथा अन्य आवश्यक्ता अनुसार प्रमाणपत्र चाहिएका लक्षण नभएका व्यक्तिहरुले भने तोकिएका अस्पतालमा ५ हजार ५ सय तिरेर पिसिआर परीक्षण गर्न सक्नेछन् । स्वास्थ्य मन्त्रालयमा शनिवार आयोजित पत्रकार अन्तक्र्रियामा गुणस्तर तथा अनुगमन महाशाखाका प्रमखु डा. विकास देवकोटाले यी सबै मापदण्डहरु स्वतन्त्र विज्ञहरुसँगको छलफलबाट तय गरिएको बताए । 

१ हजार भेन्टिलेटर, २००० आइसियु, ४० हजार संक्रमित हुने प्रक्षेपण
मन्त्रालयको नीति योजना तथा आपकालिन कार्यसञ्चालन इकाइका प्रमुख डा. गुणराज लोहनीले ४० हजारसम्म कोरोना संक्रमित हुने प्रक्षेपण रहेको भन्दै त्यस अनुसार मन्त्रालयको तयारी रहेको बताए । ४० हजार संक्रमितमा ५ प्रतिशतलाई आइसियु आवश्यक हुँदा र २ प्रतिशतलाई भेन्टिलेटर आवश्यक हुँदासम्म क्षमताले धान्ने तर्क पेश गरे । यद्यपी भएको भेन्टिलेटर र आइसियुमा अन्य बिरामीहरु पनि छन् । लोहनीले प्राइभेट अस्पताल तथा मेडिकल कलेजहरुबाट पनि बेडसंख्या र आइसियु संख्याको तथ्यांक मगाइएको छ । 

दाताहरुसँग चाहिने सहयोगमात्र लिइने 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुदानमा आउने स्वास्थ्य सामाग्रीहरु आवश्यक्ताको आधारमा मात्र लिने बताए । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले आवश्यक नभएका सामाग्री नलिइने बताए । जापान, बंगलादेशबाट आएका सहयोगहरु लिइएको भन्दै एडिबीको अनुदान तथा विश्वबैंकको ऋणले स्वास्थ्य सामाग्रीहरु खरिदमा खर्च गरिने बताए । 

कन्टयक्ट ट्रेसिङ सम्बन्धी निर्देशिका पास, ३२ सय कर्मचारीले काम गर्ने 
सरकारले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि छुट्टै निर्देशिका तयार गरेको छ । जसका लागि ३२ सय कर्मचारीले काम गर्नेछन् । त्यसको दुई तिहाइ संख्या भएका कर्मचारीबाट व्यवस्थापन गरिने भएको छ । 

जिन सिक्वेन्सिङमा गलत भएको छैनः जनस्वास्थय प्रयोगशाला
नेपालको दोश्रो कोरोना संक्रमित महिलाको स्वाब बिना अनुमति विदेश पठाइएको आरोपको जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशन डा. रुणा झाले खण्डन गरेकी छिन् । सो नमूना विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार पठाइएको र सो जिनको बारेमा प्रकाशन गरिएको अनुसन्धानपत्रमा नेपालकै बौद्धिक अधिकार भएको उनको भनाइ छ । 

व्यवस्थापन महाशाखाका निर्देशक भन्छन्: गल्ती भए सजायँ भोग्न तयार छु 
स्वास्थ्य सेवा विभागले पछिल्लो समय गरेका खरिद निर्णयहरुका बारे प्रश्न उठिरहेको बेला सो ठेक्का प्रकृया पूर्णत कानून सम्मत भएको दावी गरेको छ । महाशाखाका निर्देशक डा. रमेश खरेलले कोरोना भाइरस आएयता यस सम्बन्धी २८ वटा खरिद भएको र सबै विधिसम्मत भएको जिकिर गरे । हालसम्म विभागले ९६ करोड ६० लाख बराबरको खरिद गरेको उनले आंकडा पेश गरे । आफुले इमानदारितापूर्वक काम गरेको भन्दै डा. पोखरेलले गल्ती देखिए सजाय भोग्ने बताए । 
 

Last modified on 2020-06-20 18:46:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts