नेपालमा थपिए ३ सय ३१ जना नयाँ कोरोना संक्रमित, १५ सय ८७ जनाले जिते कोरोना



Download our app to get more features

काठमाडौं, ६ असार । नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा १ सय ७६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिंगको क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म नेपालमा एक हजार ५ सय ७८ जनाले कोरोना जितेको बताए ।

यस्तै शनिवार ३ सय ३१ जना नयाँ कोरोना संक्रमित थपिएको भन्दै डा गौतमले नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको बताए ।

डा. गौतमले नेपालमा ७७ मध्ये ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको पनि बताए ।  

Last modified on 2020-06-20 16:27:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts