‘डाइपर’ प्रयोग गर्दै धनगढीका कोरोना प्रयोगशालाकर्मी



Download our app to get more features

धनगढी, ६ असार । अहिले धनगढी प्रयोगशालामा खटिएका प्रयोगशालाकर्मीहरु कोरोना जाँचका लागि संकलन भएका तमाम नमूना केलाउनमा व्यस्त छन् । बिहान ७ बजे प्रयोगशाला छिर्ने गरेका उनीहरु आफ्नो ड्युटी समयसम्म एउटा पीपीई (व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री) लगाएर स्वाबहरुको चेकजाँच गरिरहेका छन् । 

एउटा पिपिई लगाएपछि अर्को फेर्दा सरकारको बजेट खेर जान्छ भनेर उनीहरु सौचालय जानुपर्छ भन्ने डरले पानी समेत पिउँदैनन्। ‘एउटै पिपिईको ४÷५ हजार पर्छ’ धनगढी प्रयोगशालामा काम गरेको ल्याब अधिकृत इश्वरीप्रसाद भुसालले भने, ‘शौचालय गएर आउँदा फेरि नयाँ पिपिई लगाउनुपर्ने हुन्छ । त्यसैले पीपीई सेट खेर जाने भएर पानी समेत नपिएर साथिहरु काम गर्दैछन् ।’

स्वाबको नमूना परीक्षण गर्न शुरु गरेपछि नतिजा निकाल्न कम्तीमा ५÷६ घण्टा लाग्छ । पोजेटिभ आएकालाई कहिलेकाही दोहो¥याएर पनि गर्नुपर्छ । त्यो काम गरुञ्जेल पिपिई लगाइराख्नुपर्छ । जसले गर्दा उनीहरुले शौच रोकेर राख्नुपथ्र्यो । तर, उनीहरुले अचेल त्यो समस्याको जुक्ती निकालेका छन् । ड्यूटी सुरू भएपछि शौचालय जान नमिल्ने भएका कारण अचेल प्रयोगशालाकर्मीहरुले ‘डाइपर’ लगाएर काममा खटिने गर्छन् ।
 
ल्याब अधिकृत भुसालका अनुसार काम गर्दागर्दै बिचमै ट्वाइलेट जानुपर्ने आपत आउला कि भनेर सबैजना डाइपर लगाउँछन् । ‘के गर्ने कुनै उपाय नभएपछि डाइपर प्रयोग गरिरहेका छौ, तर त्यसमा पनि जोखिम छ । महिनावारी भएकी महिला प्रयोगशालाकर्मी तथा पुरुषले पनि धेरै लामो समयसम्म डाइपर प्रयोग गर्दा अन्य रोगको संक्रमण होलाकी भन्ने डर छ’ उनले भने ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts