गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



Download our app to get more features

पोखरा, ६ असार । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

आज बिहान ष्ण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २ र स्याङ्जामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक प्रयोगशाला पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले बताए ।

संक्रमितहरु तनहुँको रिसिङ गाउँपालिकाका २१ जना, व्यास नगरपालिकाका २ जना, शुक्लागण्डकीका २ जना रहेका छन् । यस्तै नवलपुरको बुलिङटारका ११ जना, बौदीकाली गाउँपालिकाका १ जना, मध्यविन्दु नगरपालिकाका २ जना, विनय त्रिवेणी गाउँपालिकाका २ जना र देवचुली नगरपालिकाका १ जना रहेका छन् । गोरखाको भीमसेन नगरपालिकाका ५ जनामा, म्याग्दीको मालिका गापाका १ जनामा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

कास्कीको मादी गाउँपालिकाकी १९ वर्षे बालिकासहित २ जनामा, स्याङ्जाको पालिका नखुलेका १ पुरुषमा र बागलुङको काठेखोला गापाका ८ जनामा आज बिहान कोरोना देखिएको छ । गण्डकीमा ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।

सबैजना सम्बन्धीत पालिकाको क्वारेन्टाइनमा रहेको र सबैलाई सम्बन्धीत जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts