गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना संक्रमित

पोखरा, ५ असार । गण्डकी प्रदेशमा शुक्रबार ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनलय गण्डकी प्रदेश पोखराद्वारा जारी विज्ञप्ति अनुसार बाग्लुङमा १० जना, तनहुँमा १७ जना र पर्वतमा पाँज संक्रमित थपिएका छन् ।
शुक्रबार थपिएका कोरोना संक्रमितसहित गण्डकी प्रदेशमा ३८० जना संक्रमित भएका छन् ।