पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि पर्वत अस्पताल शिल गरियो  



Download our app to get more features

पर्वत, ५ असार । पर्वत अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि इमर्जेन्सी बाहेकका सेवा बन्द गरिएको छ ।

आज बिहान पर्वतमा देखिएका कोरोना संक्रमितमध्ये पाँच जना स्वास्थ्यकर्मी भएपछि  इमर्जेन्सीबाहेक अरु सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिएका छन् ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परक्षिणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोेजेटिभ देखिएको उनले बताए । गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts