गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, ५ असार । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज बिहान पोखरामा ५ जना सहित विभिन्न जिल्लामा गरि २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ ।

संक्रमितहरु नवलपुरका २ जना, बागलुङका १४ जना, कास्कीका ६ जना र स्याङ्जाका २ जना व्यक्तिहरु रहेका छन् । नयाँ थपिएका संक्रमितहरुमा २० पुरुष र ४ महिला रहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

उनले थपिएका सबैजना भारतबाट फर्किएको र सबैजना सम्बन्धीत पालिकाको क्वारेन्टाइनमा रहेको भन्दै सबैलाई सम्बन्धीत जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको बताए ।

Last modified on 2020-06-19 14:54:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts