सुदूरपश्चिममा थप ६ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि



Download our app to get more features

बाजुरा, ४ असार । बाजुरा जिल्लामा बिहीवार ४१ जनामा कोरोना पुष्टि भएको छ । १५ जना महिला र २६ जना पुरुष गरी ४१ जनामा संक्रमण देखा परेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए । 

४१ जनामध्ये ६ जना स्वास्थ्यकर्मी रहेका छन् । ४ जना बडिमालिका नगरपालिकाकामा कार्यरत स्वास्थ्यकर्मी, एकजना स्वास्थ्य कार्यलय बाजुरा र एक जना अस्पतालको कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

योसँगै सुदूरपश्चिममा संक्रमित स्वास्थ्यकर्मीको सङख्या ११ पुगेको छ । यसअघि कञ्चनपुरमा तीन, डडेल्धुरामा एक र कैलालीमा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भईसकेको छ ।
 

Last modified on 2020-06-19 14:54:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts