कोरोना पूर्ण नियन्त्रण हुन फागुन महिना लाग्छ : प्रधानमन्त्री



Download our app to get more features

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी ओलीले आगामी फागुनसम्ममा नेपालमा कोरोना संक्रमण नियन्त्रणमा आउने बताएका छन् । राष्ट्रियसभाको विहिबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय लगायतमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनँले फागुनसम्ममा नेपालमा कोरोना नियन्त्रण हुने बताएका हुन् । 

उनले साउन महिनाको अन्त्य तिर कोरोना संक्रमणको दर उच्च विन्दुमा पुग्ने र त्यसपछि आरोलो लाग्ने बताए । उनले दशै तिहार र छठ जस्ता चाडले संक्रमण बढाउने खतरा रहेकाले मंसीर महिनापछि फेरी संक्रमणको दर बढ्ने भएकाले पुर्ण नियन्त्रणमा आउन फागुन लाग्ने बताए । उनले भने, ‘साउनको अन्त्यसम्ममा यसको पिक हुन सक्ने अनुमान गर्न सक्छौ । अथवा भदौको सुरुतिर । यो त्यसपछि आरालो लाग्छ, र हामी यसलाई क्रमशः नियन्त्रण गर्न सक्छौ । अर्को कुरा हाम्रा आनीबानी, हाम्रा संस्कार पनि बुझ्नुपर्यो । दशैतिहार र छठ जस्ता चाडले फेरी संक्रमण बढाउँछन् भन्ने अवस्था छ । त्यसकारण यो खतराबाट हामी कति जोगिन सक्छौ ? भोली यो खतराले फेरी हाम्रो ग्राफ बढाईदियो भने मंसीरमा फेरी अलिकति मास्तिर जान सक्छ । र मंसिरको अन्त्य तिरबाट हामीले फेरी त्यस ग्राफलाई तल लान सक्छौ । र पुस माघसम्ममा हामी यसलाई नियन्त्रण गर्न सक्छौ । फागुनको महिना सम्भवत नियन्त्रणको महिना हुन्छ ।’

कोरोनाको आतंंकले मान्छेलाई डिप्रेशनमा लैजान सक्ने भएकाले आतंकित नभई सर्तक हुन पनि उनले आग्रह गरे । उनले लकडाउनको समयमा आत्महत्याका घटना बढ्नुमा कोरोनाको योगदान रहेको टिप्पणी पनि गरे । 
उनले भने, ‘कोरोनाले कुनै पनि सकारात्मक योगदान गरेन । यसले शारीरिक बिरामी मात्रै होइन मानसिक विबामी पनि बढायो । त्रासको कारणले डिप्रेशनमा जाने । डिप्रेशनका अनेक लक्ष्यण मध्ये एउटा लक्षण हो मरुँ मरुँ लाग्ने । त्यो डिप्रेशनको लक्षणबाट मान्छेहरुले आत्महत्या गर्छन् । सधै मान्छेले आत्महत्या गर्दैन ।’

कोरोनाका कारण उत्पन्न विभिन्न परिस्थितिका कारण मान्छेहरु डिप्रेशनमा गएको बताएका प्रधानमन्त्रीले नेपालीमा रोग प्रतिरोधी क्षमता बढी भएको भन्दै उपचार पद्धतिको साथै केही टिप्स पनि दिए । 
उनले भने, ‘कोरोनाले छोयो भन्ने बित्तिकै मर्छु । अब गएँ म भन्ने हो भने त बाँच्छ भन्न गाह्रो हुन्छ । कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो । लागि हाल्यो भने हाछ्यु साछ्यु गर्नुपर्छ । तातोपानी खानुपर्छ । उडाईदिनुपर्छ । त्यो हिसाबले सोच्नुपर्छ । उच्च मनोबल राख्नुपर्छ । त्यो भयो भने कोरोनाले लान सक्दैन लागि हाल्यो भने पनि ।’

उनले उपचार विधि र प्रतिरोध क्षमता आदिको कारणले कोरोनाका कारण निधन हुनेको संख्या निकै कम भएको र संक्रमणको दर पनि अन्य  देशको तुलनामा नेपालको स्थिति राम्रो रहेको बताए । उनले नेपालमा प्रति १० लाखमा ० दशमलब ७ प्रतिशत संक्रमित रहकोे बताए । उनले संक्रमितहरु बढ्दै गएको देखिए पनि समुदायमा संक्रमण कमी नै रहेको बताए । नेपालमा बाहिरबाट आउनेको संख्या सँगै संक्रमित भएर आउनेहरुको संख्या पनि ठूलो भएकाले एकै पटक उनीहरुको व्यवस्थापन गर्नु कम चुनौतिपुर्ण नभएको उनले बताए । उनले चैतदेखि भारतबाट नेपाल आउने नागरिकहरुको संख्या नै बढी भएकाले समस्या भएको बताए । उनले ठूलो संख्यामा बाढी जसरी आएकाहरुका लागि व्यवस्थित क्वारेन्टाइन र तत्काल परीक्षण लगायतको व्यवस्था मिलाउनु चुनौतिपुर्ण कार्य रहेको बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts