नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड बन्दै, ६ सय ७१ जना नयाँ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, ४ असार । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमित ६ सय ७१ जना थपिएका छन् । नेपालमा कोरोना संक्रमित थपिनेमा नयाँ रेकर्ड दिनकै बन्दै गएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिंगको क्रममा नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको बताए । 

उनले संक्रमितहरुमध्ये ७ हजार २ सय २९ पुरुष र ६ सय १९ महिला रहेको बताए ।

Last modified on 2020-06-19 14:54:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts