रुसले मानिसमा कोरोना भाइरस उपचारको भ्याक्सिन परीक्षण सुरू गर्यो



Download our app to get more features

एजेन्सी, ४ असार । रूसमा कोरोना भाइरसको उपचारका लागि बनाइएको भ्याक्सिनको क्लिनिकल ह्यूमन परीक्षण सुरु भएको छ । रूसको स्वास्थ्य मन्त्रालयले तरल र धूलो दुई प्रकारको औषधि तयार गरेर यसको परीक्षण सुरु गरेको बताएको छ । 

स्वास्थ्य मन्त्रालयले यी औषधिको परीक्षण गर्नका लागि दुई वटा समूह बनाएको छ जसमा ३८÷३८ जनालाई सहभागी गराइएको छ । रूसको समाचार संस्था तासका अनुसार यी दुबै समूहलाई सेना र सर्वसाधारण मानिसहरुलाई समावेश गरेर बनाईएको छ । जसले गर्दा तयार गरिएको भ्याक्सिनको प्रायोगिक परीक्षण सफलतापूर्वक गर्न सकियोस् । समाचार संस्था एएफपीका अनुसार रूसको गामालेया साइन्टिफिक रिसर्च इन्स्टीच्यूट अफ इपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीले भ्याक्सिनको विकास गरेका छन् । इन्स्टीच्यूटका निर्देशक एलेक्जेन्डर जिन्ट्सवर्गले ह्यूमन ट्रायल पूरा हुनमा करिब डेढ महिना लाग्ने बताए ।

झोलिलो र धूलो दुबै औषधिको परीक्षण मस्कोको दुई छुट्टा छुट्टै स्थानमा गरिनेछ । झोलिलो औषधिको परीक्षण बर्डेन्को सैनिक हस्पिटलमा इन्ट्रामस्क्यूलर इन्जेक्शनको माध्यमबाट दिएर गरिने छ । यस्तै धूलो औषधिको परीक्षण इन्ट्रामस्क्यूलर इन्जेक्शनको माध्यमबाट स्वंसेवीको शरीरमा दिइने छ । यसको क्लिीनिकल परीक्षण मस्कोको सेशेनोभ फस्ट स्टेट मेडिकल यूनिभर्सिटीमा गरिने छ । रूसले सबै स्वयंसेवीलाई यस परीक्षणबाट हुने फाइदा र हानीको बारेमा जानकारी दिइसकेको छ । साथै उनीहरुको बीमा पनि गरिसकेको छ । सबै स्वयंसेवीको हेल्थ स्क्रिनिङ्ग भइरहेको छ ।

हेल्थ स्क्रिनिङ्गमा कुनैपनि रोगीमा क्रोनिक बिमारी, एचआईभी, हेपेटाइटिस, कोरोना भाइरस भए नभएको जाँच गरिँदैछ । सबै जाँच पूरा भइसकेपछि स्वयंसेवी स्वस्थ भएको पाइएमा उनीहरुको शरीरमा कोरोना भाइरसको नयाँ विकास गरिएको भ्याक्सिनको परीक्षण सुरु गरिने छ ।पहिले स्वयंसेवीहरुलाई बिहीवार र शुक्रवार गरि दुई दिन भ्याक्सिन दिइने छ । भ्याक्सिन दिइ सकेपछि २८ दिनसम्म स्वंसेवीहरुको शारीरिक गतिविधिमाथि रेखदेख गरिने छ । त्यस क्रममा भ्याक्सिनको प्रभावबारे अध्ययन गरिनेछ ।
 
 

Last modified on 2020-06-19 14:55:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts