चितवनमा आठ भन्दा बढी जिल्लाको कोरोना परीक्षण, थप २ जनामा संक्रमण पुष्टि 



Download our app to get more features

चितवन, ४ असार । चितवनमा गरिएको परीक्षणमा दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

चितवन जिल्लाको खैरहनी नगरपालिका ११ का २२ वर्षीय पुरुष र नवलपुर जिल्लाको गैडाकोट नगरपालिका १३ का २८ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा बुधवार स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गर्दा ती २ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको हो ।

बुधवार अर्घाखाँची जिल्लाका ६६ वटा नमुना सहित विभिन्न ठाउँको गरि चितवनमा २ सय १० वटा नमूना परीक्षण गरिएकोमा बाँकी २ सय ८ वटा नमुनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ । 

भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा चितवन, धादिङ, सल्यान, नवलपुर, अर्घाखाँची, नुवाकोट, कपिलवस्तु, मकवानपुरलगाएत आठ भन्दा बढी जिल्लाबाट आएका नमुनामा कोरोना परीक्षण हुने गरेको छ ।

Last modified on 2020-06-19 14:54:13

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts