रोटा भाइरसविरुद्धको खोप शुरु गर्नु अघि रुपन्देहीका स्वास्थ्यकर्मीलाई तालिम



Download our app to get more features

रुपन्देही, ४ असार । सरकारले साउन महिनादेखि झाडापखाला विरुद्धको खोप दिने भएको छ । नियमित खोपमा रोटा भाइरस विरुद्धको खोप थपिने भएपछि अब नेपालमा नियमिति खोप १२ पुगेको छ । रुपन्देहीमा यो खोप लगाउनु पूर्व स्वास्थ्यकर्मीहरुलाई तालिम दिन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए ।

जिल्लामा रहेका ६९ वटा स्वास्थ्य संस्थाका प्रमुख १६ स्थानिय तहका प्रमुख र लुम्बिनी प्रादेशीक अस्पताल र भिम अस्पतालका खोप इञ्र्चाजलाई तालिम दिने र उनीहरुले आफनो पालिकामा गएर खोपलगाउने स्वास्थ्यकर्मीलाई तालिम दिने शर्माले बताए ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले अहिले दिने रोटा भाइरसको खोपले झाडापखालालाई ३८ प्रतिशत नियन्त्रण गर्ने र अरु ६२ प्रतिशत रोक्नको लागी सरसफाई कार्यक्रमसँगै सुरु गर्ने बताए । उनले दुबै कार्यक्रम एकैसाथ सूरु गर्दा  खोप लगाउन आउनेलाई स्वास्थ्य शिक्षा दिने भएकोले झाडापखला नियन्त्रण प्रभावकारी हुने बताए । 

सरकारले रोटाभाइरस विरुद्धको खोप सन् २०१६ देखि नै शुरु गर्ने घोषणा गरेको थियो । तर, खोपको उपलबधतामा समस्या हुँदा यो खोपको शुरुवात झण्डै ४ वर्षपछि हुन लागेको छ ।

सरकारको नियमित खोप कार्यक्रममा बीसीजी, प्यान्टाभ्यालेन्ट (डीपीटी, हेपाटाइटिस बी, सी) पोलियो, पीसीभी, जेई, एमआर र एफआईपीभी खोप छ । रोटा शुरु भएपछि नियमित खोपमा १२ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts