मनाङमा पहिलोपटक देखियो कोरोना संक्रमण, गण्डकीमा संख्या २ सय ८९ पुग्यो

पोखरा, ४ असार । मनाङमा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् ।
गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन् । उनी कपिलवस्तुबाट फर्किएका चामे गाउँपालिकाका कर्मचारी हुन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका ५७ वर्षका पुरुष हुन् । यो सँगै गण्डकीका १० जिल्लामा संक्रमण देखिएको छ ।
मनाङसँगै बिहीबार बिहान ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी नवलपुरमा १८, तनहुँमा १२, गोरखामा थप ११ जनामा कोरोना पुष्टि भएको छ । नवलपुरका १ जनाको भरतपुर अस्पतालमा गरिएको परीक्षण कोरोना पुष्टि भएको हो । बाँकी सबैको परीक्षण पोखरामै गरिएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ । मनाङको १ जना कपिलवस्तुबाट फर्किएका र अरु सबै भारतबाट फर्किएको रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैजना सम्बन्धीत जिल्लाको क्वारेन्टाइनमा छन् । उनीहरु सबैलाई सम्बन्धीत जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना रोकथाम नियन्त्रण केन्द्रका प्रवक्ता डा विनोद विन्दु शर्माले बताए ।
यस्तै गण्डकीमा २२ जना बिरामी निको भएर घर फर्केका छन् भने १ जनाको मृत्यु भएको छ ।