सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

धनगढी, ३ असार । कैलालीको गोदावरी नगरपालिका–४ का ४६ बर्षीय कोरोना संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। उनलाई गत शनिवार कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसियूमा उपचार भईरहेकोमा आज साँझ ७ बजेर ५२ मिनेटमा उनको निधन भएको सेती प्रादेशिक अस्पताल स्रोतले जनाएको छ।
उनको हिजो रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो। हिजोदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भए पनि एयर एम्बुलेन्स पाईएको थिएन्। यसअघि उनको नवजीवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो। योसंगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङख्या चार पुगेको छ। यसअघि कैलालीकी दुई महिला र बाजुराकी एक बालिकामा मृत्युपछि कोरोना पुष्टि भईसकेको छ।