आइओएम डिनमा डा. दिव्या शाह नियुक्त

काठमाडौं, ३ असार । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छिन् ।
डा. शाहलाई त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले सर्च कमिटीले सिफारिस गरेको तीन जना मध्ये उनलाई नियुक्त गरेको हो । डा. शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख थिइन । उनले बिहीबार आइओएमको कार्यभार सम्हाल्ने बताइएको छ ।
आइओएमको डिनका लागि प्राडा प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय सर्च कमिटीले डा. प्रदीप वैद्य, डा. दिव्यासिंह शाह र डा. उत्तम श्रेष्ठको नाम सिफारिस गरेको थियो ।