नर्भिक अस्पतालको सिसियुमा उपचाररत एकजनामा कोरोना पुष्टि, वार्ड सिल गरियो



Download our app to get more features

काठमाडौं, ३ असार । नर्भिक अस्पतालमा उपचाररत एकजनामा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । 

अस्पतालको क्रिटिकल केयर युनिटमा उपचाररत ५१ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । कोरोना संक्रमण देखिएसँगै ती बिरामीलाई आइसोलसनमा सारेर उपचार सुरु गर्न लागिएको जनाइएको छ । अस्पतालमा कोरोना संक्रमित भएको थाहा पाएसँगै अस्पतालको अन्तरंग विभाग र बहिरंग विभागमा उपचार गराउन आएका बिरामी, कर्मचारी र स्वास्थ्यकर्मीहरु समेत त्रसित भएका छन् । बिरामी रहेको वार्डलाई हाल सिल गरिएको छ । 

नेपालमा गत २४ घण्टामा मात्र हालसम्मकै उच्च ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts