नेपालमा हालसम्मकै धेरै ५ सय ८६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३ असार । नेपालमा हालसम्मकै धेरै ५ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको बताए ।
साथै नेपालमा हालसम्म १ हजार १ सय ६७ जनाले कोरोनालाई जितेका छन् भने बाँके जिल्लामा थप एक जनाको कोरोना भाइरसको कारण मृत्यु भएको उनले बताए ।
बाँकेको ४६ वर्षीया एक महिलाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।
Last modified on 2020-06-17 16:26:10