भरतपुर कोरोना विशेष अस्पतालद्वारा सेवा स्थगन



Download our app to get more features

चितवन, ३ असार । भरतपुर कोरोना विशेष अस्पतालले मर्मत सम्भारका लागि केही दिन सेवा बन्द गर्ने निर्णय गरेको छ । अस्पताल स्थापनादेखि नै निरन्तर सेवामा रहेका कारण मर्मत सम्भार गर्नु पर्ने भएकाले सेवा स्थगन गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

भरतपुर अस्पतालको व्यवस्थापनमा रहेका यो अस्पतालले सेवा सुरु गरेयता कुशलतापूर्वक कोरोना शंकास्पद तथा संक्रमितको व्यवस्थापना गर्दै आएको छ । स्थापना कै क्रममा पनि ७२ घण्टामै संरचना बनेको भनि यस अस्पतलाले चर्चा पाएको थियो । हालसम्म यस अस्पतालबाट नौ सय ५३ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशालामा पठाएको मध्ये २८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ती २८ मध्ये पनि चारजना कोरोनामुक्त भइ घर फर्किसकेका छन् । बाँकी रहेका संक्रमितलाई पनि अस्पतालले भरतपुर अस्पतालमा स्थानान्तरण गरेको जनाएको छ । 

हेरौं विज्ञप्ति

Last modified on 2020-06-17 16:25:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts