चितवनमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जना पुरूषमा कोरोना संक्रमण पुष्टि

चितवन, ३ असार । चितवनमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जना पुरूषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अर्घाखाँची जिल्लाको भुमिकास्थानका १८ र २७ वर्षीय पुरुष र सोहि जिल्लाको मालारानीका १९ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलवार अर्घाखाँचीका २ सय स्वाब आरटि पिसिआर प्रविधिबाट परीक्षण गर्दा ती ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको हो ।
मंगलवार अर्घाखाँची जिल्लाका सहित विभिन्न ठाउँको गरि चितवनमा २ सय ५५ वटा नमूना परीक्षण गरिएकोमा बाँकी २ सय ५२ वटा नमुनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा चितवन, धादिङ, सल्यान, नवलपुर, अर्घाखाँची, नुवाकोट, कपिलवस्तुलगायत जिल्लाबाट आएका नमुनामा कोरोना परीक्षण हुने गरेको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।