गण्डकी प्रदेशमा २१ जना नयाँ कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, ३ असार । गण्डकी प्रदेशमा थप २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश सरकारको अध्यावधिक विवरण अनुसार थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ४७ पुगेको छ । 

उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति हुन् र सबैजना सम्बन्धीत जिल्लाको क्वारेन्टाइनमा छन् । उनीहरु सबैलाई सम्बन्धीत जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

Last modified on 2020-06-17 08:29:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts