स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौ राष्ट्रिय शिखर सम्मेलन २२ र २३ असारमा

काठमाडौं, २ असार । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आगामी २२ र २३ असारमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौ राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ । हरेक वर्ष परिषद्ले आफ्नो स्थापना दिवस १०–१२ अप्रिलमा गर्दै आएको सम्मेलन यस वर्ष कोरोना महामारीका कारण स्थगन गरिएको थियो ।
यस वर्षको सम्मेलन भर्चुअल हुने परिषद्को २ असारमा बसेको बैठकले निर्णय गरेको हो । परिषदका कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोरोना महामारीका कारण स्थगित सम्मेलन भर्चुअल रुपमा गर्न लागिएको जनाकारी दिए । उनले विगत ५ वर्षदेखि यो सम्मेलन हुँदै आएको र यसको निरन्तरता जरुरी रहेको भन्दै भर्चुअल रुपमै भए पनि सम्मेलन गर्न लागिएको बताए । उनले यो भर्चुअल सम्मेलनमा अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरिने बताए ।
साथै बैठकले यस शिखर सम्मेलनको नारा Addressing Emerging Public Health Issues Through Interdisciplinary Research रहेको समेत जानकारी दिएको छ ।