नेपालमा थपिए ३ सय ८० जना नयाँ कोरोना संक्रमित

काठमाडौं, २ असार । नेपालमा थप ३ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको बताए ।
Last modified on 2020-06-16 19:09:28