दक्षिण कोरियाली सरकारद्वारा सावा ६ करोड बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण



Download our app to get more features

काठमाडौं, २ असार । दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पिसिआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले मंगलबार ६ करोड २५ लाख बराबरको ती परीक्षण उपकरण नेवपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

कोहकाका तर्फबाट नेपालस्थित कोरियली राजदूतावासको कार्यबाहक राजदूत सन चिल कोनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. राजन पोखरेललाई सो सामान हस्तान्तरण गरेका हुन् । कोरियाले २५ हजार थान परीक्षण उपकरण उपलब्ध गराएको तथा बाँकी स्वास्थ्य सामग्री आगामी शनिबारबाट प्रदान गरिने कोहकाले जनाएको छ । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts