भिटिएम अभावमा सुदूरपश्चिममा स्वाब संकलन रोकियो, प्रयोगशाला बन्द हुने अवस्थामा 



Download our app to get more features

धनगढी, २ असार । धनगढीको पशु अन्वेषण प्रयोगशालामा जडान गरीएको आरटी–पिसिआर मेसिनमा स्वाब थ्रोट नभएर परीक्षण नै बन्द हुने अवस्थामा पुगेको छ । सुदूरपश्चिम क्षेत्रमा भिटिएम (स्वाब राख्ने भाँडो) सकिएपछि स्वाब संकलन रोकिएको हो ।

थ्रोट स्वाब राख्ने भाईरल ट्रान्सफर मिडिया (भिटिएम) नभएपछि कोरोना परीक्षणका लागि आवश्यक स्वाब संकलन पूर्ण रुपमा रोकिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए। ‘सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भिटिएम मौज्दाता सकिएको छ,’ डा. अवस्थीले भने, ‘भिटिएम सकिएपछि अहिले पूर्ण रुपमा स्वाब संकलन पनि रोकिएको छ।’ उनले भिटिएम  संघीय सरकारले खरिद गर्ने भएकाले पठाइदिन अनुरोध गरेको जानकारी दिए। भिटिएम सकिएपछि शंकास्पद र कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको समेत स्वाब संकलन हुन सकेको छैन्।

यसअघि संकलन गरीएका दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो ।  स्वास्थ्य निर्देशनालयले जेठमा प्रयोगशालाको क्षमता भन्दा बढी स्वाब संकलन गरीएको भन्दै पाँच दिनका लागि स्वाब संकलन रोकेको थियो। स्वाब संकलन सुरु भएको एक सातामै फेरी भिटिएम सकिएपछि बन्द गरिएको हो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts